बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट

२६ जेठ,  काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार १३ दसमलव ५६ अंकले घटेर २९ सय ४६ दसमलव ५८ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले घटेर पाँच सय २५ दसमलव २८ बिन्दुमा झरेको छ ।

दुई सय २१ वटा कम्पनीहरुको एक लाख ५५ हजार दुई सय ३९ पटकको कारोवारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा आज कुल कारोवार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार सात सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले कमाएपनि सात वटा समुहले भने गुमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ३४ अंकले घटेर १९ सय ५४ दसमलव ४७ बिन्दुमा झरेकोमा बिकास बैंक, जलबिद्युत, लघुबित्त, होटल तथा पर्यटन, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

ट्रेडिङ समुहको सुचक भने आज ७८ दसमलव ९३ अंकले बढेर चार हजार एक सय ८७ दसमलव ९१ बिन्दुमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन् ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर चार सय २० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव ८८ प्रतिसतले घटेर पाँच सय २० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ७९ रुपैयाँ अन्तिम मुल्यमा ८७ रकोड ९४ लाख ७७ हजार छ सय ५३ रुपैयाँको कारोवार भएको छ ।