एमाले नेताहरुलाई बाबुरामको प्रश्न- पार्टी जेठ ३ मा फर्किदैमा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?

२४ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेपाल पक्षका नेताहरुलाई पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

गएराती एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अगाडी सारेपछि टिप्पणी गर्दै डा. भट्टराईले यस्तो प्रश्न राखेका हुन् ।

उनले भनेका छन्-  

एमाले कणहरूसँग जिज्ञासा- तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?