ह्यारी र मेघनलाई पुत्री लाभ
२४ जेठ, काठमाडौँ । बेलायतका राजकुमार ह्यारी र मेघनलाई दोस्रो बच्चा भएको छ ।
हाल राजपरिवार छोडेर अमेरिकामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन् । उनीहरुले आफ्नो छोरी लिलीबेट ‘लिली’ डायना माउन्टबेटन-विंडसरको जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन् ।
ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ ।
दुवैले छोरीको नाम लिलीबेट राजपरिवारकी महारानी तथा जिजु हजुरआमाको निकनेमको आधारमा राखेको तथा बिचको नाम हजुरआमा डायनाको सम्मानमा राखेको बताएका छन् ।
यसअघि २०१९ मा ह्यारी र मेघनले छोरा आर्चीलाई जन्म दिएका थिए ।
प्रतिकृया दिनुहोस्