पाकिस्तानमा दुई रेल एकआपसमा ठोक्किदा ३० जनाको मृत्यु

२४ जेठ, काठमाडौँ । पाकिस्तानको सिंध प्रान्तमा भएको रेल दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
सिंध प्रान्तको डहर भन्ने स्थानको नजिक दुई रेल एकआपसमा ठोक्किदा कम्तिमा ३० जनाको मृत्यु भएको पाकिस्तानी जियो टिभीले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार कराचीबाट सरगोधा जादै गरेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट कराची जादै गरेको सैयद एक्सप्रेस एकआपसमा ठोक्किएका हुन् ।
दुवै रेल एकआपसमा ठोक्किदा दुवै रेलका ११ डिब्बा पटरीबाट बाहिर पल्टिएको बताइएको छ । घटनामा ४० जना घाइते भएको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्