भारतमा २४ घण्टामा एक लाख संक्रमित, २४२७ जनाको मृत्यु
२४ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ६३६ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ९७५ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख संक्रमित भएका छन् भने १ लाख ७४ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७१ लाख ५९ हजार १८० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १४ लाख १ हजार ६०९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३६ करोड ६३ लाख ३४ हजार १११ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ८७ हजार ५८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड २७ लाख ८६ हजार ४८२ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्