सुनको मुल्यमा सामान्य गिरावट

२४ जेठ, काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले घटेर प्रतितोला १३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।