अनिश्चितताका बीच अर्जेन्टिनाले कोपा अमेरिकामा भाग लिने
२४ जेठ, काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिता हुने विषयमा अनिश्चितता भएकै बेला अर्जेन्टिनाले प्रतियोगितामा भाग लिने स्पष्ट गरेको छ ।
अर्जेन्टिनाको फुटबल फेडेरेसनले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकामा आफुले भाग लिने स्पष्ट गरेको हो ।
यसअघि अर्जेन्टिना र कोलम्बियामा आयोजना हुने भनिएको कोपा अमेरिका कोरोना माहामारीका कारण हुननसक्ने भएपछि ब्राजिलले आयोजना गर्न अगाडी सरेको हो ।
जुन १४ देखि शुरु हुने गरि प्रतियोगिताको तालिका सार्बजनिक गरिसकिएको भएपनि अझै कोपा अमेरिका हुने नहुने अनिश्चित नै रहेको छ । ब्राजिलमा पनि कोरोना महामारी अझै रहेकाले यसको आयोजनामा प्रश्न उठिरहेका छन् । खेलाडीहरु र अफिसियलले प्रतियोगिता हुननसक्ने प्रतिक्रिया दिइरहेका बेला अर्जेन्टिनाले भाग लिने बताएपछि कोपा अमेरिका हुने सम्भावना बढेको विश्लेषण गरिएको छ ।
तर प्रतियोगितामा केहि खेलाडीहरुले महामारीलाई नै कारण देखाएर भाग लिन अस्वीकार गर्नसक्ने सम्भावना देखिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । जुन १४ देखि जुलाई ११ सम्म हुने यस प्रतियोगितामा दक्षिण अमेरिकी १० देशको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्