रोजर फेडररद्वारा फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता
२४ जेठ, काठमाडौँ । रोजर फेडररले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
जारी प्रतियोगिताको चौथो राउण्डमा पुगेका फेडररले आफ्नो स्वास्थ्यको कारण देखाउदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका हुन् ।
२० ग्राण्ड स्लाम जितेका फेडररले खेलको तेस्रो राउण्डमा जर्मनीका खेलाडी डोमिनिक कोएपफेरलाई ७-६, ६-७, ७-६, ७-५ ले पराजित गरेपछि सो निर्णय गरेका हुन् ।
उनले आफ्नो घुडाको समस्याका कारण नाम फिर्ता लिएको बताएका छन् । उनले भनेका छन्, ‘ घुँडाको दुई सर्जरीपछि र एक बर्षको आरामपछि मैले कुनै हतार गर्नु हुने थिएन । मैले मेरो टिमसँगको सल्लाहपछि प्रतियोगिता छोड्ने निर्णय गरेको छु ।
फेडररले आफ्नो क्यारियरमा २० ग्राण्ड स्लाम जितेपनि पाँच पटक फाइनल खेल्दै फ्रेन्च ओपन एक पटक सन २००९ मा जितेका छन् ।
प्रतिकृया दिनुहोस्