ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपरौं : नेपाल पक्ष

२३ जेठ,  काठमाडौँ । नेकपा एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट कारवाही फिर्ता नभएसम्म पार्टी एकताका लागि औपचारिक वार्ता अघि नबढाउने निर्णय गरेको छ ।

जेठ १९ र २० गते बसेको नेपाल पक्षको भर्चुअल केन्द्रीय कमिटी बैठकले १२ बुँदे प्रस्तावहरु पारित गर्दै वार्ताको नाममा ओली पक्षले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले ओलीले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दै पार्टी एकताका लागि आफुहरुले राखेका मागहरु विश्वसनीयरुपमा पुरा हुदैनन् तबसम्म वार्ता समय कटाउने चाल भएको नेपाल पक्षको निष्कर्ष रहेको छ ।

त्यस्तै पार्टीका तर्फबाट सर्वोच्च अदालतमा विपक्षी दलहरुसँग मिलेर दायर गरिएको रिटमा गरिएको हस्ताक्षर फिर्ता लिने भन्ने प्रायोजित हल्ला चलाइएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ 

नेपाल पक्षको विज्ञप्ति :