सर्वोच्चद्वारा जनमोर्चा सांसद थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश

२३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।
थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा. कुमार चुडालको एकल इजलासले पदमुक्त भएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले मुद्धाको अन्तिम किनारा नलागेसम्म पदमा कायम राख्न आदेश दिएको छ ।
थापाले सर्वोच्च अदालतमा पार्टीले असंबैधानिक तरिकाले कारवाही गरेको भन्दै शुक्रबार रिट दायर गरेका थिए ।
थापालाई पार्टीले कारवाही गरेपछि प्रदेशको संसद सचिवालयले विहिबार थापालाई पद मुक्त भएको जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस्