नेपालमा कोरोनाबाट २४ घण्टामा ९९ जनाको मृत्यु, ३४७९ संक्रमित
२३ जेठ, काठमाडौँ । नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३०२४ र एन्टीजेन परिक्षणबाट ४५५ गरि कुल ३४७९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८३.५ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ७३१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १० हजार ४७१ पिसिआर र ३२६२ एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार २१७ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ६ हजार ५१४ जना रहेका छन् भने होम आइसोलेसनमा ८२ हजार ७०३ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १४४२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८९८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्