मुख्य खबर राजनीति प्रधानन्यायाधीश राणाद्वारा संबैधानिक इजलास पुनर्गठन, यस्तो बन्यो इजलास

२३ जेठ काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन्  । 

आइतबारको सुनुवाईका लागि प्रधानन्यायाधीश रानाले वरिष्ठताको आधारमा गठन गरेका छन् ।  

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

वरिष्ठताको आधारमा न्यायाधिश हरिकृष्ण कार्की हुनुपर्ने भएपनि न्यायाधीश कार्की यसअघि केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा महान्यायाधिवक्ता भएकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलास छोडेका थिए भने आजपनि उनी बसेका छैनन् । 

वरिष्ठताकै क्रमकै न्यायाधीश विश्वम्भर श्रेष्ठ रहने भएपनि उनी अस्वस्थ रहेकाले इजलासमा नराखिएको बुझिएको छ ।

यसअघि इजलास गठनकै विषयमा बहस भएकाले आजदेखि रिटकै विषयवस्तुमा बहस हुने बताइएको छ ।