अमेरिकाले दोहोरो मापदण्ड अपनाउदै छ- पुटिन

२३ जेठ, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्नु अघि अमेरिकाको आलोचना गरेका छन् ।
पुटिनले अमेरिकाले राजधानी क्यापिटल हिलको आक्रमणमा दोहोरो मापदण्ड अपनाएको टिप्पणी गरेका हुन् ।
पुटिनले अमेरिकाले एकतर्फ अन्य देशमा सरकार विरोधी प्रदर्शनमा गरिने कारवाहीको आलोचना गर्ने गरेको र दोस्रो तर्फ आफ्नै देशमा राजनीतिक मागको विरोध गर्नेलाई कारवाही गरेको आरोप लगाएका हुन् ।
सेन्ट पीटर्सवर्गमा एक विजनेस फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले जुन १६ मा बाइडेनसँगको भेटमा धेरै अपेक्षा नगर्न संकेत दिएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले जुन १६ मा स्वीट्जरल्याण्डमा भेट्ने कार्यक्रम तय भएको छ ।
पुटिनले सम्बोधनमा हालै अमेरिकामा भएको साइबर हमलामा रुसी ह्याकरको हात भएको आरोपलाई पनि इन्कार गरेका छन् । उनले अमेरिकी चुनावमा कथित रुपमा रुसी हस्तक्षेपको पनि अस्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्