सन्दीपले गुमाए इङल्याण्डको भाइटालिटी ब्लास्ट

२३ जेठ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङल्याण्डको घरेलु टी-२० प्रतियोगिता भाइटालिटी ब्लास्ट गुमाउने भएका छन् ।

बेलायतको भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण वर्सेस्टरसायर र्‍यापिड्समा अनुबन्ध भएका सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

सन्दीपले भिसा ढिला भएका कारण समयमा बेलायत जान नपाउँदा टी-२० ब्लास्ट खेल्न नपाउने बताएका छन् । सन्दीप नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने सन्दीप नै पहिलो खेलाडी थिए ।

र्‍यापिड्सले पनि सन्दीपले भिसाका कारण ब्लास्ट गुमाउने भएको पुष्टि गर्दै उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोढीलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

हाल कोरोनाको दोस्रो लहरका कारण नेपाललाई बेलायतले आफ्नो रेड लिस्टमा रहेकोकाले सन्दीपको भिसा प्रक्रिया ढिला भएको र भिसा पाएपछि पनि क्वारेन्टिन बस्नुपर्ने भने नियमका कारण उनले खेल गुमाउने भएका थिए ।

अब सन्दीप अर्को महिना हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता द हन्ड्रेड इंग्ल्यान्ड जाने छन् । जुलाई २१ देखि शुरु हुने द हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्सबाट खेल्दै छन् ।