भारतमा कोरोनाबाट २४ घण्टामा २६७७ जनाको मृत्यु

२३ जेठ काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ६७७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख १४ हजार ४६० संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ७५९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८८ लाख ९ हजार ३३९ पुगेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १४ हजार संक्रमित भएका छन् भने १ लाख ८९ हजार संक्रमण मुक्त भएका छन् । 

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ६९ लाख ८४ हजार ७८१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १४ लाख ७७ हजार ७९९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३६ करोड ४७ लाख ४६ हजार ५२२ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ३६ हजार ३११ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड १३ लाख २२ हजार ४१७ जनाले कोरोनाको खोप लगाएका छन् ।