नेपाली कांग्रेसका तरुण युवा व्यवसायी एवं समाजसेवी श्रेष्ठको टीमद्वारा सुत्केरी, जेष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई खाद्यान्न वितरण
२२ जेठ, काठमाडौं । कोभिड १९ को नयाँ भरियन्टको महामारिले मानव जीवनलाई चुनौती दिइरहेको छ । यो महामारीले लाखौं मानीसहरुको आफ्नो जीवन बलिदान गरिसकेका छन् । नेपालमा दोश्रो चरणको कोरोना भाईरसका कारण सरकारद्धारा जारी लकडाउनका कारण सवै यसको असरबाट प्रभावित भएका छन् ।
यस्तो विकराल अवस्थामा आफ्नो ज्यानको प्रभाह नगरी दिनरात सेवामा खटिनुभएका नेपाली कांग्रेसका तरुण युवा व्यवसायी एवं समाजसेवी आदरणीय व्यक्तित्व यम प्रसाद श्रेष्ठ ज्यू को टीम र फुडबैकं अन्तर्गत दैनिक ४००–५०० जनालाई निशुल्क भोजनसेवा, सुत्केरी जेष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई खाद्यान्न वितरण गर्दै आउनुभएको छ ।
लायन्स क्लव अफ काठमाडौं न्यू स्मार्ट सिटिका प्रथम उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठको टिममा लायन्स क्लव अफ काठमाण्डौ न्यू ग्रिनसिटिका चाटर प्रेसिडेन्ट रहि हाल रिजन चियर पर्सन इन्द्र बहादुर कार्की, राज भट्ट, न्यू स्मार्ट सिटिका चाटर प्रेसिडेन्ट संगिता शर्मा र कोषाध्यक्ष नमुना श्रेष्ठ हुनुहुन्छ । युवा व्यवसायी एवं समाजसेवी श्रेष्ठ लायन्स क्लवमा मात्र नभएर धेरै सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ ।
सामाजिक रुपान्तरणका लागि नागरिक समाजका वरिष्ठ सल्लाहकार, मोनिका श्रेष्ठ मेमोरियल ट्रष्टका सल्लाहकार, जिल्ला भलिवल संघ नवलपुरका आर्थिक संयोजक तथा सफल व्यवसायी समेत रहनुभएका नेपाली कांग्रेसका तरुण युवा व्यवसायी एवं समाजसेवी श्रेष्ठले यो कोभिड १९ कहरको बिचमा थुप्रै सामाजिक तथा आर्थिक सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने कुराकानी गर्ने क्रममा बताउनु भयो ।
प्रतिकृया दिनुहोस्