नागरिकता अध्यादेशविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा
२१ जेठ, काठमाडौँ । सर्वोच्च अदालतको संबैधानिक इजलासमा शुक्रबार सुनुवाई शुरु भएको नागरिकता अध्यादेश अध्यादेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । अब अर्को सुनुवाई जेठ २७ गते हुने भएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संबैधानिक इजलास गठन गरेपाची सुनुवाई भएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका थिए ।
नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहित छुट्टाछुट्टै ६ जनाले रिट दायर गरेका थिए ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता अध्यादेश जारी गरेकी थिइन् ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्