कोरोनाको तेस्रो र चौथो लहरका लागि २० प्रतिशत बेड तयारी अवस्थामा राख्नू- स्वास्थ्य मन्त्रालय
२१ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको तेस्रो र चौथो लहरको तयारीका लागि समाबी अस्पतालहरुलाई कम्तिमा २० प्रतिशत बेड कोभिड संक्रमितलाई छुट्ट्याएर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तेस्रो र चौथो लहर आउनसक्ने र त्यसका लागि बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
प्रतिकृया दिनुहोस्