नेपालमा कोरोनाबाट २४ घण्टामा १०१ जनाको मृत्यु, ६६५३ संक्रमित
२१ जेठ, काठमाडौँ । नेपालमा थप ६६५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४६२४ र एन्टीजेन परिक्षणबाट २०२९ गरि कुल ६६५३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.९ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ७५५ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १४ हजार १८२ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार ६९९ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ६ हजार ८०७ जना रहेका छन् भने होम आइसोलेसनमा ९० हजार ८९२ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १४२२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ ।
प्रतिकृया दिनुहोस्