प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा, जसपाको ठाकुर पक्षलाई सहभागी गराइदै
२१ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने तयारी गरेको छ ।
यस अघि माओवादी केन्द्रका तर्फबाट खाली भएका मन्त्रालयमा जसपाका नेताहरुलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
सरकारमा सहभागिता बारे अन्तिम टुंगो लगाउन ठाकुरले केहि बेरमा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान लागेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले पनि जसपा नेताहरुलाई आजै सरकारमा सहभागी बनाउने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री ओली जसपाको ठाकुर पक्षलाई ८ मन्त्री र २ राज्यमन्त्री दिन यसअघि नै सहमत भएको बताइएको छ ।
जसपाको ठाकुर पक्ष राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरीया र विमल श्रीवास्तव लगायत सरकारमा जाने तयारी गरेको बताइएको छ ।
जसपाको विवाद निर्वाचन आयोगमा पुगेकाले आधिकारिकता विवाद नटुंगीदै सरकारमा जाने तयारी गरेको छ । आयोगले जसपा विवाद बारे दुवै पक्षलाई थप पत्र र हस्ताक्षर मागेर आधिकारिकता विवादमा अनुसन्धान थालेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले हालका केहि मन्त्रीहरुलाई समेत फेरबदल गर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्