सरकारले ढुंगा-बालुवा निर्यात योजना बारे स्पष्ट गरोस्- कमल थापा

२१ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन् ।

सरकारले बजेटमार्फत ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने ‘ योजना ल्यायाएपछि सर्वत्र विरोध भइरहेको बेला सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले यस विषयमा सरकारले आफ्नो धारणा स्पष्ट गर्न माग गरेका हुन् ।

उनले भनेका छन्-

“खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ” भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ । वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुदैन ।