नवलपरासीको पृथ्वी अस्पतालमा रोटरीको सहयोगमा आइसीयु सेवा संचालन, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

२१ जेठ, परासी । स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले रोटरी कल्ब अफ पश्चिम नवलपरासीले पृथ्वी चन्द्र अस्पताल परासीमा ४ बेडको आईसियु सेवाको उद्घाटन गरेका छन् । 

रोटरी कल्बका सदस्यहरुको व्यक्तिगत आर्थिक सहयोगमा अस्पतालमा आईसियु सेवा सुरु गरिएको प्रेसिडेन्ट नोमिनी तथा यस कार्यक्रमका संयोजक विरेन्द्रकुमार अग्रहरीले जानकारी दिएका छन् ।

अग्रहरीले आइसीयु वार्डको लागि सबै रोटरीयन साथीहरुको आर्थिक सहयोग रहेको र पृथ्वीचन्द्र हस्पिटललाई हस्तान्तरण पश्चात् तुरुन्तै सञ्चालनमा आउने जानकारी दिए ।

पश्चिम नवलपरासीमै अहिलेसम्म आइसियु नहुदा ३६ जना कोरोनाको कारणले मृत्यु भएको साथै सर्पको टोकाई तथा अन्य बिरामीको लागि पनि आइसियु वार्ड उपयुक्त हुने अग्रहरीले खरीबोटलाई बताए ।

पश्चिम नवलपरासीमा हालसम्म कुनैपनि अस्पतालमा आईसियु सेवा नरहेको अवस्थामा कोरोना महामारीमा संचालित यो आईसियु सेवा समग्र जिल्लाका लागि सहयोगी बन्ने अपेक्षा गरिएको छ ।