भारतमा कोरोनाबाट २४ घण्टामा २७१३ जनाको मृत्यु

२१ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ७१३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ३२ हजार ३६४ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८५ लाख ७४ हजार ३५० पुगेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार संक्रमित भएका छन् भने २ लाख ७ हजार संक्रमण मुक्त भएका छन् । 

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ६५ लाख ९७ हजार ६५५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १६ लाख ३५ हजार ९९३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३५ करोड ७४ लाख ३३ हजार ८४६ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ७५ हजार ४२८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २२ करोड ४१ लाख ९ हजार ४४८ जनाले कोरोनाको खोप लगाएका छन् ।