नेपालमा कोरोनाबाट २४ घण्टामा ७५ जनाको मृत्यु, ६८२५ संक्रमित
२० जेठ, काठमाडौँ । नेपालमा थप ६८२५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५८२५ र एन्टीजेन परिक्षणबाट १००० गरि कुल ६८२५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ८३१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १ हजार ८३९ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ६ हजार ९३० जना रहेका छन् भने होम आइसोलेसनमा ९४ हजार ९०९ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १४४४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ ।
प्रतिकृया दिनुहोस्