लक्षण हुँदाहुँदै एन्टिजेन परीक्षणमा ‘नेगेटिभ’ देखिए पीसीआर परीक्षण गर्न सुझाव

२० जेठ, काठमाडौं ।  कोरोना भाइरस संक्रमणको लक्षण हुँदाहुँदै एन्टिजेन परीक्षणमा ‘नेगेटिभ’ रिपोर्ट देखिएमा पीसीआर परीक्षण गराउन सुझाव दिनुपर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बुधवार सूचना जारी गर्दै एन्टिजेन परीक्षणमा ‘पोजेटिभ’ वा ‘अनुमानित नेगेटिभ’ रिपोर्ट दिन निर्देशन दिएको छ ।

परीक्षण शुल्क १ हजार रुपैयाँ मात्रै लिन पाइने समेत सूचनामा उल्लेख छ । अस्पताल वा प्रयोगशालाहरूले एन्टिजेन परीक्षणको विवरण दैनिक रूपमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्ने समेत सूचनामा उल्लेख छ ।