कस्तो रहला आजको मौसम ?
२० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिनभर प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ ।
यस्तै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्