६ बर्षिया बालिकाको मोदीसँग होमवर्क धेरै भएको गुनासो !
२० जेठ, काठमाडौँ । भारतको जम्मू-कश्मीर राज्यमा एक ६ बर्षिय बालिकाले शिक्षा नीतिमै बदलाव गर्न बाध्य बनाएकी छन् ।
माहिरा इरफान नाम गरेकी बालिकाले केहि दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै समाजिक संजालमा आफुलाई विद्यालयमा होमवर्क धेरै दिने गरिएको गुनासो गरेको भिडियो भाइरल बनेको थियो ।
उनले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै भनेकी थिइन्- ‘मोदी साहब, बच्चालाई यति धेरै होमवर्क किन दिइन्छ ।’
माहिराका माता पिताले केहि दिन अघि आफ्नो साथीसँग सो भिडियो सेयर गरेको र एक पत्रकारले सामाजिक संजालमा पोष्ट गरेपछि भिडियो भाइरल भएको बताएका छन् ।
बालिकाको भिडियो भाइरल बनेपछि सो भिडियोलाई जम्मूका उपराज्यपालले ४८ घण्टाभित्र बालबालिकाको पढाइ र अनलाइन कक्षाको बोझ कम गर्न स्कुल विभागलाई निर्देशन दिएका थिए ।
उपराज्यपालको निर्देशन पछि जम्मू-कश्मीरमा बालबालिकाको अनलाइन कक्षाको नीति बदलिएको छ ।अब एक कक्षादेखि ८ कक्षासम्मको अनलाइन पढाइ हुने समय केवल डेढ घण्टा गरिएको छ । यसअघि यो समय चार घण्टा रहेको थियो ।
भने ९ कक्षादेखि १२ कक्षासम्मको समय तीन घण्टा गरिएको छ ।
यसरी एक ६ बर्षिय बालिकाले यस कोरोना महामारीका बेला राज्यको शिक्षा नीतिमा परिवर्तन गर्न बाध्य बनाएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चित बनेको छ ।
प्रतिकृया दिनुहोस्