मंगल ग्रहमा पर्सिभरेन्सको सय दिन

२० जेठ,  काठमाडौँ । मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर पुगेको सय दिन पुरा भएको छ ।

पर्सिभरेन्सले लगातार मंगल ग्रहमा आफ्नो अनुसन्धान जारी राखेको छ । गत फेब्रुअरी १८ मा मंगलग्रहको भूमध्यरेखाको ठिक उत्तरको ४९ किलोमिटर चौडाई रहेको जेजोरो नामक क्रेटरको नजिक अवतरण गरेपछि पर्सिभरेन्सले यस ग्रहको अद्भुत तस्वीर पठाई रहेको छ ।

एक सानो इंजीन्युटी हेलिकप्टरले मंगलग्रहको एरियल तस्बीर पठाएको छ । मंगल ग्रहमा सौर्य उर्जाले चार्ज हुने गरि बनाइएको १.८ किलोको यस हेलिकप्टरको माध्यमबाट नासाले मंगल ग्रहको बारेमा आफ्नो अध्ययन थप तिब्ररुपमा गरिरहेको छ ।