नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकप्रति एमालेको आपत्ति, सहभागी नहुन चेतावनी
२० जेठ, काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकप्रति आपत्ति जनाएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बैठक बोलाएको भन्दै त्यसको निन्दा गरेका छन् ।
उनले केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरित त्यस्ता क्रियाकलापमा सहभागी नहुन सचेत गराएका छन् ।
नेपाल पक्षले पछिल्लो पार्टी भित्रको अवस्था बारेमा छलफल गर्न भर्चुअलरुपमा केन्द्रीय सदस्यहरुको बैठक गर्दै छ । बैठक बिहान ११ बजे हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्