नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

२० जेठ,  काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफु पक्षको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टीमा पछिल्लो घटनाक्रमबारे छलफल गर्न बोलाएको नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिएका छन् ।

बैठक विहिबार बिहान ११ बजे बोलाइएको र भर्चुअल रुपमा बस्ने बताइएको छ ।

अहिले एमालेका दोस्रो तहका नेताहरु पार्टीको बिभाजन रोक्न प्रयास गरिरहेको बेला नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेता नेपाललाई जनबर्गिय संगठनका नेताहरुले नयाँ पार्टी खोल दबाब दिइरहेको बताइएको छ ।