भारतमा कोरोनाबाट २४ घण्टामा २८८७ जनाको मृत्यु
२० जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ८८७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ३४ हजार १५४ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ३७ हजार ९८९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८४ लाख ४१ हजार ९८६ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार संक्रमित भएका छन् भने २ लाख ११ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ६३ लाख ९० हजार ५८४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १७ लाख १३ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३५ करोड ३७ लाख ८२ हजार ६४८ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २१ लाख ५९ हजार ८७३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २२ करोड १० लाख ४३ हजार ६९३ जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्