नेपालमा कोरोनाबाट २४ घण्टामा १०१ जनाको मृत्यु, ५३१६ संक्रमित

१९ जेठ,  काठमाडौँ । नेपालमा थप ५३१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४५२४ र एन्टीजेन परिक्षणबाट ७९२ गरि कुल ५२१६  जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ८३७ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ८०५ पिसिआर परिक्षण भएको छ । 

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १ हजार ९९३ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ६ हजार ८६२ जना रहेका छन् भने होम आइसोलेसनमा ९५ हजार १३१ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा १४४६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ ।