चीनको दोस्रो खोपलाई डब्लुएचओद्वारा प्रयोगको अनुमति
१९ जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनमा निर्मित कोरोनाविरुद्धको खोप ‘सिनोभ्याक’ लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओबाट मान्यता पाउने चीनको यो दोस्रो खोप हो ।
यसअघि चिनियाँ कम्पनि सिनोफर्माले भनाएको खोप भेरोसेललाई डब्लुएचओले मान्यता दिएको थियो ।
डब्लुएचओले मान्यता दिएसँगै अब यस खोपलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत पनि यसको प्रयोग हुने बाटो खुलेको छ ।
चार साताको अन्तरमा दुई डोज लिनुपर्ने यो खोप १८ बर्षभन्दा माथिको उमेर समुहलाई दिन सकिने छ । यो खोप यसअघिनै कैयौं देशमा प्रयोग भइरहेको छ ।
डब्लुएचओको अनुसन्धानमा यो खोप लगाएका आधा भन्दा बढीलाई कोरोना संक्रमणको लक्षण नै नदेखिएको र अन्यलाई कुनै गम्भीर लक्षण नदेखिएको उल्लेख गरिएको छ । यो खोप लगाएका कसैलाई पनि गम्भीर लक्षणका कारण अस्पताल भर्ना गर्नु नपरेको उल्लेख छ ।
सिनोभ्याकलाई अहिले चीन बाहेक चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, थाइल्याण्ड र टर्कीलगायतका देशमा लगाइएको छ । सिनोभ्याकले विदेशमा अहिलेसम्म ६० करोडभन्दा बढी डोज लगाइएको उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्