बुधबार सुनको मुल्य स्थिर,चाँदीमा सामान्य गिरावट

१९ जेठ,  काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९४ हजार ५ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ९४ हजार ५ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।