उपत्यकाको निषेधाज्ञाको स्वरूप परिवर्तन गर्ने तयारी
१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गर्ने तयारी भएको छ ।
उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्नेविषयमा छलफल थालेका छन् ।
हाल २० गतेसम्म रहेको निषेधाज्ञालाई स्वरूप परिवर्तन गरेर अझै निरन्तरता दिने बारेमा छलफल भएको बुझिएको छ ।
अब जारी रहने निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसललगायत बिहान १० बजेसम्म खुल्न दिने तयारी प्रशासनले गरेको छ ।
त्यस्तै उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न सकिने तथा ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी तयारी गरिएको छ ।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिदैछ । उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएकाले स्वरूप परिवर्तन गरेर निषेधाज्ञा जारी राख्ने निष्कर्षमा प्रशासन पुगेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्