भारतमा कोरोनाबाट २४ घण्टामा ३२०७ जनाको मृत्यु
१९ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार २०७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ३२ हजार ७८८ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ३५ हजार ८९५ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ ८३ लाख ७ हजार ८३२ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार संक्रमित भएका छन् भने २ लाख ३१ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ६१ लाख ७९ हजार ८५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १७ लाख ९३ हजार ६४५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३५ करोड ५७ हजार ३३० नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख १९ हजार ७७३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २१ करोड ८५ लाख ४६ हजार ६६७ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्