एकदिवसीय विश्वकपमा १४ र टी-२० मा २० टिमको सहभागिता गराउने आइसीसीको निर्णय
१९ जेठ, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकप क्रिकेटमा टिमको सहभागिता बढाएको छ ।
मंगलबार बसेको आइसीसीको बोर्ड बैठकले २०२३ देखि २०३१ सम्मको क्रिकेट क्यालेन्डरमा व्यापक परिवर्तन गरेको हो ।
आइसीसीले २०२७ र २०३१ मा हुने एक दिवसीय क्रिकेट विश्वकपमा १४ टिमको सहभागिता हुने निर्णय गरेको छ । यस अघि २०१५ देखि एकदिवसीय विश्वकपमा १० टिमको मात्र सहभागिता हुदै आएको छ । अब २०२३ मा भारतमा एकदिवसीय क्रिकेट विश्वकप हुदैछ, जसमा पनि १० टिमको नै सहभागिता हुदै छ ।
त्यस्तै २०२४, २०२६, २०२८ र २०३० मा हुने टी-२० विश्वकपमा २० टिमको सहभागिता हुने निर्णय गरेको छ ।
त्यस्तै आइसीसीले २०१७ देखि हुननसकेको आइसीसी च्याम्पियन्स ट्रफी आठ टिममा २०२५ मा गर्ने निर्णय गरेको छ ।
यी बाहेक आइसीसीले विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपलाई निरन्तरता दिएको छ । यो हरेक दुई दुई बर्षमा हुने छ ।
आइसीसीको यस निर्णयपछि नेपालले क्रिकेट विश्वकपमा सहभागिता जनाउने निश्चित देखिएको छ ।
प्रतिकृया दिनुहोस्