नेपालमा पनि देखियो ब्ल्याक फङ्गस : यस्ता हुन्छन् लक्षण, उच्च जोखिममा को को छन् ?
१९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ‘ब्ल्याक फङ्गस (म्यूकरमाइकोसिस) अर्थात् ‘कालो ढुसी’को संक्रमण देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । भारतमा ‘ब्ल्याक फङ्गस’का कारण डेढ दर्जनभन्दा बढी राज्यमा महामारी नै घोषणा गरिसकेको अवस्थामा नेपालमा पनि कोरोना ठिक भएकाहरुमा ब्ल्याक फङ्गस देखा परेको छ ।
मन्त्रालयले ‘ब्ल्याक फङ्गस’ रोग कोरोना निको भएका विरामीहरुमा अनुहार, मुख, आँखा, नाक र अनुहार वरिपरी दुख्ने, ज्वरो आउने, आँखा तथा नाक सुन्निने, नाकको वरिपरिको छालाको रंग कालो हुदै जाने, रगत बग्ने, बाक्लो सिगान आउने, दात दुख्ने वा हल्लिने, आँखाको ढकनी सुन्निने, दुखे र धमिलो देखिने जस्ता प्रारम्भिक लक्ष्यण देखिएन बताएको छ ।
‘ब्ल्याक फङ्गस’प्राणघातक पनि हुनसक्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले कोरोना उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु र मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु व्यक्तिहरुमा ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने बताएको छ ।
साथै मन्त्रालयले घरमा आइसोलेसनमा सफा र सुख्खा माक्स प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने लगायतक सुझाव दिएको छ ।
मन्त्रालयले नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने, पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, मधुमेह भएका विरामीले सुगर नियन्त्रणमा राख्ने र स्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने जस्ता सुझाव दिएको छ ।
प्रतिकृया दिनुहोस्