नेपालमा कोरोनाबाट २४ घण्टामा ६८ जनाको मृत्यु, ६०८५ संक्रमित
१८ जेठ, काठमाडौँ । नेपालमा थप ६०८५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५२८५ र एन्टीजेन परिक्षणबाट ८०० गरि कुल ६०८५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ७२५ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १७ हजार १४७ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ५२१ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ८५ जना रहेका छन् भने होम आइसोलेसनमा ९७ हजार ७०४ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १४९१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४५४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्