नाओमी ओसाका विवादमा, फ्रेन्च ओपनबाट लिइन् नाम फिर्ता
१८ जेठ, काठमाडौँ । विश्वकी दोस्रो नम्बरकी टेनिस खेलाडी जापानकी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
सामाजिक सञ्जालमार्फत एक पत्र लेख्दै ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएको जानकारी दिएकी हुन् ।
ओसाकाले मानसिक स्वास्थ्यको कारण देखाउदै आफु केहि समय कोर्टबाट बाहिर रहने बताएकी छन् ।
फ्रेन्च ओपनको पहिलो चरणको खेल जितेपछि ओसाकाले मिडियासँग कुरा गर्न अस्वीकार गरेपछि आयोजकसँग उनको विवाद बढेको थियो । आयोजकले उनलाई मिडियासँग कुरा अग्रण अस्वीकार गरेको भन्दै १५ हजार डलरको जरिवाना लगाएका थिए । आयोजकले जरिवाना लगाएपछि उनले प्रतियोगिताबाट नै आफ्नो नाम फिर्ता लिएकी छन् ।
ओसाकाले आफु २०१८ को युएस ओपनपछि नै मानसिक समस्याबाट गुज्रिरहेको बताउदै मिडियासँग कुरा गर्दा आफुलाई घबराहट हुने बताएकी छन् ।
ओसाकाले आफु अहिले पनि आफ्नो सो समस्याबाट निस्किने प्रयास गरेको बताउदै आफ्नो समस्या बढाउन भन्दा प्रेस कन्फेरेन्स नै नगर्ने न्रिने गरेको बताएकी छन् ।
फ्रेन्च ओपनको २०१९ को विजेता ओसाकाको यस विवाद बारे आयोजकले ओसाकाको निर्णयप्रति चेतावनी दिदै भविष्यमा ग्राण्ड सलाममा प्रतिबन्ध सम्म लाग्न सक्ने बताएका छन् । आयोजकले खेलको नतिजा जे भएपनि मिडियासँग जोडिने खेलाडीको जिम्मेवारी भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्