उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
१८ जेठ, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १० रुपैँयाले बढेर प्रतितोला १३७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्