भारतमा दैनिक संक्रमणको संख्या पछिल्लो ५४ दिनकै सबै भन्दा कम
१८ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ७९५ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख २७ हजार ५१० संक्रमित भएका छन् ।
भारतमा दैनिक संक्रमणको संख्या पछिल्लो ५४ दिनकै सबै भन्दा कम हो ।
योसँगै भारतमा अहिले कुल मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार ८९५ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । अहिलेसम्म २ करोड ८१ लाख ७५ हजार ४४ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार संक्रमित भएका छन् भने २ लाख ५५ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ५९ लाख ४७ हजार ६२९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १८ लाख ९५ हजार ५२० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३४ करोड ६७ लाख ९२ हजार २५७ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख २५ हजार ३७४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६३८ जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्