प्रधानन्यायाधीश राणाद्वारा यसअघिकै संबैधानिक इजलासलाई निरन्तरता

१८ जेठ,  काठमाडौँ । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाई आज संबैधानिक इजलासमा हुदै छ । आजको संबैधानिक इजलासमा बस्ने न्यायाधिशमा भने कुनै परिवर्तन गरिएको छैन ।

इजलास गठनका विषयमा विवादका विच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यस अघिकै इजलासलाई निरन्तरता दिएका हुन् ।

आजको संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

शुक्रबार र आइतबारको सुनुवाई इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ । तर इजलासमा रहेका न्यायाधिश नै विभाजित भएपछि आजको संबैधानिक इजलास कस्तो हुन्छ भन्ने कौतुहलताका बीच प्रधानन्यायाधीश राणाले यसअघिकै इजलासलाई निरन्तरता दिएका छन् ।

इजलासमा रहेका दुई न्यायाधिश तेजबहादुर केसी र वमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि सोमबार यस सम्बन्धि निर्णय आउन सकेको थिएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आफुहरुले इजलास नछोड्ने अडान राखेका थिए ।

संबैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधिश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताएपनि उनीहरुको प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्विकार गरेका थिए ।