उपत्यकामा थप १२६३ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित कति छन् ?
१७ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ८९० जना, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा संक्रिय संक्रमितको संख्या अहिले २५ हजार ५९५ रहेको छ । जसमा काठमाडौँ जिल्लामा १४ हाजर ७९५, भक्तपुर जिल्लामा ४ हजार ४०९ र ललितपुर जिल्लामा ६ हाजर ३९१ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै देशभर आज ४७६२ संक्रमित थपिएका छन् भने ११४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्