नेपालमा कोरोनाबाट २४ घण्टामा ११४ जनाको मृत्यु, ४७६२ संक्रमित
१७ जेठ, काठमाडौँ । नेपालमा थप ४७६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४१७८ र एन्टीजेन परिक्षणबाट ५८४ गरि कुल ४७६२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७९.७ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ६८९ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १५ हजार ५५ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ६ हजार ४७० पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ३३८ जना रहेका छन् भने होम आइसोलेसनमा ९९ हजार १३२ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १४९२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४२४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३८६ पुगेको छ ।
प्रतिकृया दिनुहोस्