प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते
![](https://khasakhabar.com/wp-content/uploads/2021/02/pradesh-sabha-1024x478.jpg)
१९ माघ, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्