लोरिएन्टसँग पिएसजी स्तब्ध
१९ माघ, काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी लोरिएन्टसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
२-१ ले पछि परेको लोरिएन्टले खेलको ८० र ९१औ मिनेटमा गोल गर्दै शानदार कमब्याक गरेर जित निकालेको थियो ।
लोरिएन्टका लागि लाउरेन्ट अबेर्गेल, योआने विसा र टेरेम मोफ्फीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि दुवै गोल नेइमारले गरेका थिए ।
यो हारपछि पिएसजी फ्रेन्च लिग वानमा २२ खेलमा ४५ अंक हासिल गरेको छ ।
त्यस्तै लोरिएन्टको भने २१ खेलमा १८ अंक रहेको छ ।
प्रतिकृया दिनुहोस्