लिड्स युनाइटेडसँग हार्यो लेस्टर सिटी

१९ माघ, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी पराजित भएको छ । गएराती सम्पन्न खेलमा लेस्टर सिटी लिड्स युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
लिड्सको जितमा स्टुअर्ट डल्लास, पाट्रीक बाम्फोर्ड र ज्याक हारिसनले एक एक गोल गरेका थिए । त्यस्तै लेस्टर सिटीका लागि हार्भे बर्नेजले एक गोल फर्काएका थिए ।
यो हारपछि लेस्टरले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । लेस्टरको अब २१ खेलमा ३९ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै लिड्सको भने २० खेलमा २९ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्