एटलेटिकोको जितमा स्वरेजको दुई गोल, बार्सिलोनाभन्दा १० अंकले अगाडी

१९ माघ, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले काडिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने साउल निगुएज र कोकेले एक एक गोल गरेका थिए ।
त्यस्तै काडिजका लागि अल्भारो नेग्रेड़ोले दुई गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडले ला लिगामा आफ्नो अग्रतालाई थप बढाएको छ । दोस्रो स्थानआया रहेको बार्सिलोनाभन्दा एक खेल कम खेलेको एटलेटिको अब बार्सिलोनाभन्दा १० अंकले अगाडी रहेको छ ।
१९ खेलमा एटलेटिको म्याड्रिडको ५० अंक पुगेको छ भने बार्सिलोनाको २० खेलमा ४० अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि २० खेलमा ४० अंक रहेको छ ।
त्यस्तौ काडिजको भने २१ खेलमा २४ अंक रहेको छ भने लिगमा १३औ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्