सभामुखद्वारा संवैधानिक परिषदका ३८ नियुक्ति सुनुवाई गर्न नमिल्ने भन्दै फिर्ता
१८ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले गरेका ३८ वटै नियुक्ति सुनुवाई गर्न नमिल्ने भन्दै फिर्ता गरेका छन् ।
मुख्य सचिवलाई पत्र लेख्दै सभामुख सापकोटाले पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाई गर्न नसकिने भन्दै नियुक्तिको सिफारिस फिर्ता गरेका हुन् ।
संवैधानिक निकायहरुमा गरिएका विभिन्न ३८ नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि सभामुखलाई गरिएको पत्राचार गरिएको थियो ।
सभामुखले पत्रमा परिषदले गरेका सिफारिश गैर संवैधानिक भएको भन्दै आफुलाई जनताले दिएको अधिकार प्रयोग गर्दै फिर्ता गरेको जवाफ दिएका छन् ।
परिषदले गरेका सिफारिस कानुन विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ ।
सभामुख सापकोटाले मुख्य सचिवलाई सम्बोधन गरेको पत्रको बोधार्थ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि पठाएका छन् ।
सभामुखको पत्र :


प्रतिकृया दिनुहोस्